काठमाडौं - नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

सोमबार भारतसँग फाइनल खेलेको नेपाली महिला टिमले भारतसँग पराजित हुँदै स्वर्ण जित्नबाट बञ्चित भएपछि प्रशिक्षक खड्काले राजिनामा दिएको घोषणा गरेका हुन् । 

गत वर्ष एन्फाले उनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो भने उनको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले ४ पटक फाइनल खेल्दै उपविजेतामा चित्त बुझाएको छ । यसका साथै खड्काकै प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गर्न सफल भएको थियो ।