काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ६ सांसदले हस्ताक्षर गरेका छन्।
८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन्। दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ।
प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।




.gif)

