फेरि बढ्यो पेट्रोलको मूल्य
खबर एक्सप्रेस
२०७७-०५-१६ ०८:२३ मा प्रकाशित
Total Shares: 338
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो ।
निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएपछि काठमाडौँमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ ।
डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस