काठमाडौं - जम्मू कश्मिरका विषयमा कडा निर्णय लिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रधानमन्त्री मोदीले अहिले सबै प्रदेशका मुख्यमन्त्रीहरुसंग छलफल थालेका छन् । सर्वदलीय बैठकको तयारी समेत उनले गरेका छन् ।

मोदी सरकारले जम्मू–कश्मीरका बारेमा महत्वपूर्ण तीन निर्णय लिएको छ ।