एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने भनिएको महाअभियोग प्रक्रियामा मतदान हुने भएको छ ।

महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा अनुसन्धान गरीरहेको संसदको तल्लो सदनमा उक्त मतदान हुने भएको हो ।राष्ट्रपति ट्रम्पले पदीय दुरुपयोग गरेर युक्रेनसँग व्यवहार गरेको भन्दै संसदको तल्लो सदनले लामो समय छानविन गरेर महाअभियोगको प्रक्रिया अघि बढाएको हो ।

महाअभियोग प्रक्रियाले संयुक्त राज्य अमेरिकामा २०२० को राष्ट्रपति निर्वाचन प्रक्रियाका लागि अघि बढेको राजनीतिक विभाजनको प्रक्रिया थप जटिल बन्दै गएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले महाअभियोग प्रक्रियाका लागि मतदान तय भएपछि सभामुख न्यान्सी पलोसीलाई पत्र लेख्दै महाअभियोग प्रक्रियाले अमेरिकी प्रजातन्त्रमा खुला युद्ध सुरु भएको चेतावनी दिएका छन् ।

उनले आफू निर्दोष रहेकाले डेमोक्र्याट्स्हरुले राजनीतिक प्रतिसोधका लागि महाअभियोग प्रक्रिया अघि बढाएको आरोपसमेत लगाएका छन् ।

आफ्नो आगामी निर्वाचनको यात्रामा अमेरिकी नागरिकले साथ दिनेसमेत उनले विस्वास व्यक्त गरेका छन् ।सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको छिनोफानो गर्न हुने मतदानले राजनीतिक विभाज ल्याएको आंकलन गरिएको छ ।

यसैबीच सर्वोच्च अदालतकी एक न्यायाधीश रुथ बडर जिनसबर्गले राष्ट्रपति ट्रम्पविरुद्ध लगाउन खोएिको महाअभियोग प्रक्रिया रोक्न आग्रह गरेकी छन् ।

बीबीसीलाई दिएको एक अन्तर्वार्तामा उनले राष्ट्रपतिमाथि लगाइएका आरोपको बचाउ गर्दै निर्णय फिर्ता लिन आग्रह गरेकी हुन् ।