काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएका कारण सर्तकता अपनाउन जरुरी रहेको भन्दै पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।

बुधबार बसेको मन्त्रालयको उच्च अधिकारीको बैठकले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशन दिएको स्रोतले बताएको छ ।

अबदेखि पत्रकारले मन्त्रालय प्रवेश गर्नका लागि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीलाई सम्पर्क गरी काम र आफूले भेट्नु पर्ने व्यक्तिबारे जानकारी गराउनु पर्ने छ।