काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजबाट रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार हुने भएको छ । कम्पनीको २ करोड १० लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

मंगलवार स्पेशल प्रि–ओपनिङ सेसनमा पहिलो कारोबार भए नियमित कारोबार शुरु हुने नेप्सेको भनाइ छ । नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०७ दशमलव ९ देखि ३२२ दशमलव ७७ मूल्य रेञ्ज तोकेको छ ।

शेयरधनीको हितग्राही खातामा जम्मा भइसकेको उक्त कम्पनीको साधारण सेयर नेप्सेमा सोमवार सूचीकरण भएसँगै आजदेखि कारोबार गर्न सकिने भएको हो ।

कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको थियो ।

कम्पनीले शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।