सकियो एमाले कार्यदलको बैठक, भोलि पुनः बस्ने
काठमाडौं - नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठक भोलि पुनः बस्नेगरी सकिएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए। आजको बैठकमा असहमतिका कुरामा गम्भीर छलफल भएकाे तर, कुनै सहमति हुन नसकेको बताइएको छ ।
लामाे समयपछि सोमबार साँझ कार्यदलको बैठक बसेको थियो । उक्त बैठकमा यसअघि अनौपचारिक रुपमा भएका राजनीतिक घटनाको बारेमा समीक्षा हुँदै आजकाे लागि बैठक बाेलाइएकाे थियो । अब बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।
कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।
फेसबुक पेज Like गर्नुहोस