सागमा पदक विजेता खेलाडीहरुको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई बुधबार सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले सागमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाइ दिन तथा सम्बोधनका लागि दिउँसो सवा २ बजे बालुवाटार आमन्त्रण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । उनले बुधबार नै खेलाडीलाई प्रोत्साहन प्याकेजको घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
मंगलबार साग समापन समारोहलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्बद्ध सबैलाई धन्यवाद दिएका थिए । नेपालले ५१ स्वर्ण पदकसहित मंगलबार १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० को सम्पन्न गरेको हो । सागको ३५ वर्षे इतिहासमा यो नेपालको कीर्तिमानी प्रदर्शन हो । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।
फेसबुक पेज Like गर्नुहोस