जाजरकोट - जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा  जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।  

ग  ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए। 

जीपमा चालक सहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि नगर अस्पताल दल्ली पुर्‍याए पनि सातमध्ये पाँच जनालाई डाक्टरले मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको डीएसपी पाण्डेले जानकारी दिए।