काठमाडौं - सेयर बजारमा यस साता सातओटा कम्पनीको सेयर सूचीकृत भएको छ । कम्पनीको करिब ३ करोड कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा डेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक,वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड,नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड,नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लद्युवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको हो ।

डेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर, त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बोनस सेयर , वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ५२ हजार ७ सय २० कित्ता बोनस सेयर नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ३५ हजार ९ सय ६६ दशमलव ७० कित्ता बोनस सेयर र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० हजार कित्ता बोनस सेयर, सिभिल लद्युवित्त वित्तीय संस्था लिमिटेडको ५७ हजार ०५७ कित्ता बोनस सेयर, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड १० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ ।