राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ ।
बैंकले वागमती अंचलका ५ जिल्ला बाहेक सबै शाखाबाट खाता खोलेका ग्राहकको खाता नम्बर परिवर्तन गरेको हो । यसअघि १२ वटा अंक भएको खातानम्बर रहेकोमा अब नम्बर परिवर्तन गरी १६ अंकको कायम गरिएको बैंकले जनाएको छ । मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकलाई भने एमएमएसबाट नयाँ खाता नम्बरबारे जानकारी पठाइएको छ ।
आफ्नो खाता नम्बर परिवर्तन भइसकेपछिको नयाँ नम्बर मोबाइल बैंकिङ तथा इण्टरनेट बैंकिङबाट वा कार्यालयमा फोन गरेर समेत जानकारी लिन सकिने ब्यवस्था उपलब्ध गराइइको छ । भने रसुवा, नुवाकोट, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाका शाखाहरुबाट खाता खोलेका ग्राहकको भने खाता नम्बर परिवर्तन भएको छैन ।
फेसबुक पेज Like गर्नुहोस