जातीय विभेद प्रकरणः शिक्षामन्त्री श्रेष्ठविरूद्ध रूपा सुनारले दिइन् सर्वोच्चमा रिट
खबर एक्सप्रेस
२०७८-०३-२० ०५:१६ मा प्रकाशित
Total Shares: 412
काठमाडौं - शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
तनहुँकी सञ्चारकर्मी रूपा सुनारले मन्त्री श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछूतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको उनको रिटमा उल्लेख छ ।
रूपाले रिटमा शिक्षा मन्त्री श्रेष्ठसहित सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाकी छन्।
फेसबुक पेज Like गर्नुहोस