काठमाडौ‌ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गदैँ हुनुहुन्छ ।

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गर्नु भएकाे हाे । सम्बोधन गर्ने समय भने तय भइसकेकाे छैन ।

तर सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समयअगाबै प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।

सर्वोच्चले राष्ट्रपतिलाई आज ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समय दिएको छ। त्यस्तै आज दिउँसो १ बजे बालुवाटारमा नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ ।