काठमाडौं - नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो । उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा छलफल भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नयाँ पार्टी नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको र यसमा पार्टीको नेता कार्यकर्ताको संलग्न छ कि छैन भनेर छलफल भएको जानकारी दिए । बैठकमा नेकपा अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जानकार नरहेको जवाफ दिएका थिए । 

पूर्वएमाले र पूर्वमाओवादी मिलेर २०७५ जेठ ३ गते पार्टी एकीकरण  भएको थियो ।