ओलीले भने: 'अदालतबाट हामीमाथि अन्याय भयो'
खबर एक्सप्रेस
२०७८-०४-०१ १२:२३ मा प्रकाशित
Total Shares: 233
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतबाट आफूहरूमाथि अन्याय भएको बताएका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा जारी एमाले स्थायी कमिटी बैठकमा ओलीले सर्वोच्च अदालतले आफूहरुलाई अन्याय गरेको बताएका हुन् ।
‘अदालतबाट हामीमाथि अन्याय भएको छ। हामी अब जनतामा जानुपर्छ,’ ओलीले भने, ‘यो जनादेशले बनेको सरकार होइन, परमादेशले बनेको सरकार हो। हामी जनादेशबाट सरकारबाट बाहिरिनु परेको होइन।’
आजको बैठकमा पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल हुने कार्यसूची छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु भने सहभागि छैनन् ।
फेसबुक पेज Like गर्नुहोस