काठमाडौं - आज थप  ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनले हालसम्म कोरोना संक्रमितको संख्या  पुगेको बताए । 

यो अहिलेसम्मकै संक्रमितको संख्यामध्ये सबैभन्दा उच्च हो। यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ।

आज पुष्टि भएका संक्रमित मध्ये धरानमा परीक्षण गरिएका सप्तरीका ११ जना छन्। कोशीमा परीक्षण गरिएका मध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ।

हेटौंडामा परीक्षण गरिएका मध्ये एक जना मकवनपुर र सात जना रौतहटका रहेका छन्। पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जनामा संक्रमण पुष्टि भएको छ।

राप्तीमा गरिएको परीक्षणमा १८ जना संक्रमित पुष्टि भएको छ। जसमध्ये रुकुम पूर्वका ३ जना र दाङका १५ रहेका छन्। भेरीमा गरिएको परीक्षणमा बाँके जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये सिराहाका १ जना रहेका छन्।

त्यस्तै सिराहा घर भइ सप्तरीमा कार्यरत एक जना रहेका छन्। बारा सात जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै रौतहट घर भइ बारामा कार्यरत एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै, काठमाडौंमै भएको परीक्षणमा रौतहटका २८ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितहरुको संख्या पहिलो पटक दिनमा १०० कटेको पहिलो हो। हालसम्म ८८६ संक्रमित पुगेका छन्। संक्रमित मध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेका छन्।

संक्रमित मध्ये सबैभन्दा बढी प्रदेश ५ का ९ जिल्लामा ३६५ रहेका छन्। त्यस्तै प्रदेश २ का ८ जिल्लामा ३२४ जना संक्रमित भएका छन्। प्रदेश १ का सात जिल्लामा संक्रमितहरुको संख्या १०३ जना रहेका छन्।

त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १८३ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

पछिल्लो पटक कोशी अस्तपालका बाट ४ जना डिस्चार्ज भएका छन्। बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा निको हुनेको संख्या १ सय ८३ पुगेको हो। यसअघि नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए।