जसपा एकीकरणको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
खबर एक्सप्रेस
२०७८-०३-२७ ०८:१८ मा प्रकाशित
Total Shares: 259
काठमाडौं - समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रक्रिया पुरा नगरी एकीकरणको मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज माग गर्दै राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले अदालतमा रिट दायर गरेका हुन् । ‘संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत अन्तरिम आदेश समेत पाउन निवेदन गर्दछौं ।’ रिटमा भनिएको छ ।
फेसबुक पेज Like गर्नुहोस