काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्।
शनिवार सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेदरल्यान्डमाथि ११ वर्षको इतिहास तोड्दै शानदार जीत हासिल गरेकाेमा प्रधानमन्त्री ओलीले आइतबार नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् ।
‘नेपाल,मलेसिया र नेदरल्याण्डबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !’ उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् ।

.gif)

