काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छिन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा पुनःस्थापनाको फैसला भएलगत्तै भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । 

राष्ट्रियसभाको आठौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरिएको सोमबार संघीय संसदको महासहचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।