काठमाडौं, एजेन्सी - इजरायलमा पर्व मनाउने क्रममा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको छ । हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका दसौं हजार मानिसहरूबीच भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्।

आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्। तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरुले बताएका छन्।

हरेक वर्ष मनाइँने उक्त पर्व कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष रोकिएको थियो। यसपालिको कार्यक्रममा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो। भागदौडको कारण भने खुलेको छैन।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ठूलो आपत आइलागेको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।