कोरोना संक्रमणबाट विश्वभर ४ लाख ३५ हजार बढीको मृत्यु
एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट विश्वमा प्रतिकुल असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।
चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने यस भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ । जनजीवन प्रभावित बनाउनुका साथै विश्वकै अर्थतन्त्रमा प्रतिकुल असर पुर्याएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ७९ लाख ८२ हजार ८ सय २२ मा कोरोना संक्रमण पुष्टि भएको छ । ४ लाख ३५ हजार १ सय ६६ ले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ४१ लाख ३ हजार ९ सय ८४ संक्रमित निको भएका छन् ।
विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । जहाँ २१ लाख ६२ हजार ५४ मा कोरोनाले संक्रमण गराएको छ । १ लाख १७ हजार ८ सय ५३ ले ज्यान गुमाएका छन् ।
यसैगरी ८ लाख ६७ हजार ८ सय १७ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।
फेसबुक पेज Like गर्नुहोस