काठमाडौं - नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका कार्यकारी निर्देशक (सिईओ)सहित पाँच जनालाई कारागार चलान गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेस सुनाएपछि उनीहरुलाई कारागार चलान गरिएको हो ।

अस्पतालका सिइओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डा राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई अदालतको आदेशपछि कारागार चलान गरिएको हो ।

प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान व्यूरोले उनीहरुलाई गत असोज २९ गते पक्राउ गरेको थियो ।