सनराइज बैंकद्वारा पुनर्कर्जाका लागि आवेदन माग
खबर एक्सप्रेस
२०७७-०५-११ ११:५९ मा प्रकाशित
Total Shares: 391
काठमाडौं - सनराइज बैंकले पुनर्कर्जा लिनका लागि आवेदन माग गरेको छ । बैंकले पुनर्कर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीलाई आवेदन दिन भनेको छ ।
यसका लागि ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा असोज ७ गतेसम्म सम्पर्क गर्न बैंकले सूचना जारी गरेको छ ।
प्राप्त निवेदनका आधारमा अधिकतम ऋणीलाई पुनर्कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरिने सनराइज बैंकले जनाएको छ ।
बैंकमा अहिले लगानी योग्य रकम थुप्रिएको छ । बैंकहरुले आफ्ना ऋणीलाई पुर्नकर्जा लिन बोलाइरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस