काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको ९९ हजार हजार रुपैयाँमा कायम भएको थियो ।
तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेर एक हजार २ ९० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।

.gif)

