किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बिक पक्राउ
खबर एक्सप्रेस
२०७९-०८-२५ ०१:५१ मा प्रकाशित
Total Shares: 231
काठमाडौं,गुल्मी-१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकले ती किशोरीलाई शुक्रबार बिहान जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस