मन्त्रिपरिषद्को बैठक बस्दै, विद्यालय बन्दबारे निर्णय हुनसक्ने
खबर एक्सप्रेस
२०७८-०१-०६ १०:०४ मा प्रकाशित
Total Shares: 210
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठकका लागि मन्त्रीहरु बालुवाटार पुग्न थालिसकेका छन् ।
आजको बैठकमा कोरोना संक्रमण रोकथामबारे छलफल तथा निर्णय हुनसक्ने बताइएको छ । शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो । सो प्रस्तावबारे पनि आजको बैठकमा छलफल हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस