काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । आज बालुवाटारमा बैठकका लागि बाहिर नै टेन्टको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास परिसर बालुवाटारभित्रै खाली स्थानमा टेन्ट राखेर बैठक गरिएको हो । अरु बेला सवारी–साधन पार्किङ गरिने स्थानमा आज टेन्ट राखिएको हो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै खुल्ला स्थानमा बैठक बसेको एक नेताले बताए । बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् । उनी यसअघि बालुवाटार पुगिसकेका छन् । 

त्यस्तै, हालै केन्द्रीय कमिटीका अटाएका पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । तर, माधव नेपाल पक्षका नेताहरु भने गएका छैनन् ।