योगेश भट्टराईले गरे सर्वोच्चको आदेशको स्वागत
काठमाडौं - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि एमाले नेता योगेश भट्टराईले त्यसको स्वागत गरेका छन् ।
‘सर्बोच्च अदालतको संबैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस् स्थापना गर्ने गरी गरेको आदेसको सम्मान र स्वागत गर्दछु ।’ भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्।
बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न उनले आह्वान गरेका छन् ।
‘बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु । हिजो भएको १० बुँदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने बिश्वास ब्यक्त गर्दछु ।’ भट्टराईले भने ।
फेसबुक पेज Like गर्नुहोस