पौडीमा नेपाललाई अर्को सफलता, गौरिकाले दोस्रो स्वर्ण जितिन्
काठमाडौं - नेपाली पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जितेकी छन् ।
साग अन्तर्गत शुक्रबार भएको पौडी प्रतिस्पर्धामा गौरिकाले दोस्रो स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा २०० मिटर ब्याक स्ट्रोकमा उनले जितेकी हुन् ।
योसँगै नेपालले जारी सागमा ४१ स्वर्ण जितेको छ । साथै गौरिकाले पौडीमा २ वटा स्वर्ण जितेर भारत र श्रीलंकाको दबदबा तोडेकी छन् ।
बिहीबार गौरिकाले पहिलो स्वर्ण जित्दै पौडीमा ऐतिहासिक सफलता हात पारेकी थिइन् । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् ।
सागमा पौडी अन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। यसअघि नेपालका कुनै पनि खेलाडीले पौडीको व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जितेका थिएनन् ।
गौरिकाको नाममा विभिन्न राष्ट्रिय कीर्तिमान रहेका छन् । सन् २०१६ को सागमा उनले एउटा रजत र २ वटा कास्य पदक समेत जितेकी थिइन् ।त्यस्तै सन् २०१६ मा ब्राजिलमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको रुपमा सिंह सहभागी बनेकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस