जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघिय सरकारसँग विशेष आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै राउतले आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गरेका हुन् ।

भारतसँग खुला सीमाना हुनु तथा त्यहाँ रोजगारीमा रहेका लाखौं नेपाली फर्किने क्रम बढिरहेकाले प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको मुख्यमन्त्रीले पत्रमा उल्लेख गरेका छन्। जसको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको स्रोत, साधन तथा जनशक्ति पर्याप्त नभएको भन्दै उनले संघीय सरकारसँग विशेष सहयोग माग गरेका हुन्।

साथै प्रदेश सरकारले मात्र खाद्यान्नसहित राहत उपलब्ध गराउन चुनौतीपूर्ण भएको भन्दै उनले संघीय सरकारबाट ठोस कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।