काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभामा ६४ पदमा लागि हुने निर्वाचनमा १ सय २७ जनाको उम्मेदवारी परेको छ।

साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, एक एसोसिएट उपाध्यक्ष, एक वस्तुगत उपाध्यक्ष, एक जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारी सदस्य निर्वाचित गर्ने छ ।

यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका शेखर गोल्छा भने महासंघको ५४ औं साधारण सभाबाट स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभा यही मंसिर ११ गतेबाट ३ दिनसम्म काठमाडौंमा चल्ने छ।