मलेसियामा सुतिरहेकै अवस्थामा झापाका दासको मृत्यु
काठमाडौं - मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत एक नेपाली कामदारको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । मलेसियाको ईजा फोर्स नामक सेक्युरिटी कम्पनीमा कार्यरत झापाका प्रदीप कुमार दासको मंगलबार बिहान सुतिरहेकै मृत्यु भएको हो ।
दास सोमबार राती खाना खाएर कानमा ईयरफोन लगाएर सुतेका थिए । तर, बिहान उनका साथीहरुले ड्युटी जान उठाउन खोज्दा उनी उठेनन् । हाल, उनको मृत शरीर लाई पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको बताए ।
दास डेढ वर्ष देखि मलेसियाको सुबाङजाया भन्ने ठाँउमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए ।
मलेसियामा नेपाली श्रमिक कामदारको सुतेकै अवस्थामा मृत्यु हुने संख्या बढिरहेको छ । केही साता अघि मात्रै तीन दिन भित्रमा ६ जना नेपाली श्रमिकको ज्यान गएको थियो ।
फेसबुक पेज Like गर्नुहोस