सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुग्यो चिनियाँ सर्भे टोली
खबर एक्सप्रेस
२०७७-०२-१४ ०१:५० मा प्रकाशित
Total Shares: 299
काठमाडौं - सगरमाथाको उचाइ नाप्न चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको छ । उचाइ नाप्न सगरमाथा आरोहण गर्ने तिब्बततर्फको बाटोबाट बुधबार बिहान टोली चुचुरोमा पुगेको सिन्ह्वाले जनाएको छ ।
नेपालले यसअघि सगरमाथाको शिखरसम्म पुगेर उचाइ नापेको थियो । विभिन्न ठाउँमा उचाइ नाप्ने यन्त्र जडान गरेर नापी विभागको टोली सगरमाथाको चुचुरोसम्म पुगेको थियो ।
विभागले चिनियाँ पक्षले उचाइ नापिसकेपछि एकमुष्ट रुपमा उचाइ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस