काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।