काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गरेका हुन्।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भेट भएको पुष्टि गर्दै यसलाई नियमित भेटवार्ता भएको बताएका छन्।
उनका अनुसार चीनको औपचारिक भ्रमणबाट हालै फर्किएका प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा भएका गतिविधि तथा भेटवार्ताबारे प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेका हुन्।
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहको यो भेटघाट नियमित हो ।
प्रधान सेनापति सिग्देल पनि एक हप्ताको चीन भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका थिए ।

.gif)


