डेढ करोड बढी खर्चेर कार्यालयका शौचालय मर्मत गर्दै राष्ट्र बैंक
खबर एक्सप्रेस
२०७७-०५-१७ ०२:३० मा प्रकाशित
Total Shares: 384
काठमाडौं - नेपाल राष्ट्र बैंकले डेढ करोड बढी खर्चेर कार्यालयका शौचालयको मर्मत सम्भार गर्ने भएको छ । सो कार्यका लागि ठेक्का ड्रयागन बिजी कन्स्ट्रक्सनले लिएको छ ।
कन्स्ट्रक्सनले शौचालयको मर्मत सम्भारका लागि १ करोड ७८ लाख ५ हजार ७ सय ८५ रुपैयाँ ९४ पैसामा ठेक्का लिएको हो । बैंकले बालुवाटार कार्यालय परिसरको ब्लक ए र बि ब्लकमा रहेका शौचालयहरुको मर्मत गर्न लागेको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस