ओलीले पुर्नस्थापित प्रतिनिधिसभा फेरि विघटन गर्ने खतरा छः उपेन्द्र यादव
काठमाडौं, बुटवल - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानामन्त्री केपी शर्मा ओलीले पुर्नस्थपित प्रतिनिधिसभाको फेरि विघटन गर्ने खतरा रहेको बताएका छन् ।
शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष यादवले ओलीले पुनः प्रतिनिधिसभा विघटन गर्नसक्ने भन्दै उनको विकल्पको सरकार दिन प्रमुख प्रतिपक्षी दलले अग्रसरता लिनुपर्ने बताएका हुन् ।
केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको भन्दै यादवले भने, ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ । अहिले सबैले कांग्रेसतिर हेरिरहेका छन्, त्यसमा पनि पार्टी सभापति देउवातिर ।’
सरकारले संसदलाई विजनेश नदिएर पुनः संसद भंग गर्न प्रधानमन्त्री ओली लागिपरेको यादवको आरोप छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीले स्पष्टरुपमा संसदलाई निकम्मा देखाएर फेरि भंग गर्ने भरमग्दूर प्रयास गरेको र राष्ट्रिय सभा बैठक नबोलाउनु पनि त्यसकै लागि हुनसक्ने यादवको आरोप छ ।
यादवले ओली नेतृत्वको सरकारमा जसपा सहभागी नहुने स्पष्ट पारेका छन् ।
फेसबुक पेज Like गर्नुहोस