काठमाडौं - महाराजगञ्जबाट पक्राउ परेका ६ जना जुवाडेहरुलाई बिहीबार पुनः उपस्थित गराउन अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार सबै निवेदनलाई ‘साथमै राख्न’ आदेश दिएको हो ।

क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामालाई बुधबार थुनामै राख्न आदेश दिइएको हो । 

जुवाडेहरुको साथबाट प्रहरीले दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो । पक्राउ परेकाहरु विरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।