काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेको कामप्रति कुनै प्रशंसा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्बको हिसाब माग्दै सडकमा प्रदर्शन गर्ने तर सरकारले गरेका काम नदेखेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

१० अर्ब १० अर्ब भन्ने हल्ला चल्यो । उक्त रकम केही निकायमा पठाइयो । त्यसको एक एक गरी हिसाब आलेप, मलेप हुन्छन् । ती कुराका प्रतिवेदन संसदमा आउँछन् । रुजु, बेरुजु अनियमितता यी सबै कुरा आउँछन् । हरेक व्यक्तिलाई देशभर भएका खर्च ? यहाँ मान्छे काममा लागेका छन्, यहाँ कसैलाई दैनिक खर्चको हिसाब चाहिएको छ । काममा ध्यान छैन, काम प्रतिको प्रसंसा छैन । उनले भने ।

स्वास्थ्य सामग्री टेन्डर गरेर ल्याउँदा ढिलो गरेको भन्ने र छिटो प्रक्रियामार्फत ल्याउँदा मिलेर भ्रष्टाचार गरेको भन्ने आरोप लाग्नु दुखद् भएको प्रधानमन्त्रीको भनाइ थियो ।