जापानमा शक्तिशाली आँधी, पाँच जनाको मृत्यु
खबर एक्सप्रेस
२०७६-०६-२६ ११:०० मा प्रकाशित
Total Shares: 1550
काठमाडौं - जापानमा शक्तिशाली समुद्री आँधी ह्यागबिसका कारण पाँच जनाको मृत्यु भएको छ।
शनिबार आएको आँधी ६० वर्ष यताकै शक्तिशाली र बिनासकारी बन्न सक्ने बताइएको छ। हाल उक्त आँधी २२५ किलोमिटर प्रति घण्टाको गतिमा जापानको पूर्वी तटीय क्षेत्र तर्फ लागेको छ।
आँधीको मार्गमा जापानको मुख्य आवादी क्षेत्र पर्छ। आँधीका कारण दुई लाख ७० हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
आँधीका कारण ७० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ। तर अहिलेसम्म सेल्टरहरुमा बस्नेको संख्या ५० हजार मात्रै रहेको जनाइएको छ।आँधीका कारण हवाई तथा स्थल यातायात सेवा बन्द भएका छन्।
फेसबुक पेज Like गर्नुहोस