काठमाडौं - नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले सरकारमा वामपन्थी गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । 

बुधबार काठमाडौंको एक होटलमा भएको नेपाल पक्षीय भेलाले सरकारमा माओवादीसँगको गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको हो । 

‘सरकारबारे बैठकले वामपन्थीहरुको सरकार कायम राख्नुपर्छ, पार्टी त दुइटा भयो, पार्टी एक राख्न संभव नभए पनि सरकार चाहिँ वामपन्थीहरुको हुनु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ’ बैठकपछि नेता रघुजी पन्तले भने । 

हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको उनले बताए । ‘प्रतिनिधि सभा विघटन गरिएपछि आ–आफ्नै दृष्टिकोण र विचार थिए। अब ती बिर्सेर अघि बढ्नुपर्छ’, पन्तले भने ।