काठमाडौं - उत्तरी कुवेतमा भएको इरानी आक्रमणमा परी एकजना नेपाली नागरिकको मृत्यु भएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार बिहीबार बिहान उत्तरी कुवेतमा गरिएको आक्रमणमा परी एक नेपालीको ज्यान गएको हो ।

ज्यान गुमाउने नेपालीको बारेमा विस्तृत विवरण नआइसकेको र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसककोे मन्त्रालयले जनाएको छ ।

कुवेतको सशस्त्र बल र चिनियाँ राजदुताबासलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले प्रकाशित गरेको समाचार अनुसार उक्त क्षेत्रमा एक चिनियाँ कम्पनीको सहायक ठेकेदार कम्पनीमा चालकका रुपमा कार्यरत नेपाली नागरिकको मृत्यु भएको हो। 

अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले कुवेतको देशको उत्तरी क्षेत्रमा रहेको चिनियाँ कम्पनीको भवनलाई लक्षित गर्दै इरानले आक्रमण गरेको थियो ।