काठमाडौं - तराईका विभिन्न जिल्लामा पछिल्लो समय शान्ति–सुरक्षाको अवस्था संवेदनशील बनेपछि नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई सर्कुलर जारी गर्दै किरिया बिदा र प्रसूति बिदाबाहेक अन्य कुनै पनि प्रकारका बिदा स्वीकृत नगर्न निर्देशन दिएको हो ।
सुरक्षा चुनौती बढेका क्षेत्रमा प्रहरी जनशक्ति अभाव हुन नदिन र शान्ति–सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको प्रहरीले जनाएको छ।
पछिल्लो समय तराई–मधेशका केही जिल्लामा भएका प्रदर्शन, झडप तथा तनावपूर्ण घटनापछि सुरक्षा निकायले सतर्कता बढाएको छ ।

.gif)


