जनकपुरधाम - भारतको अयोध्याबाट जनकपुरधामका लागि छुटेको सरयू कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ ।

सोमबार दिउँसो अयोध्याबाट प्रस्थान गरेको रेल जनकपुरधाम आइपुग्दा सरकारी टोली तथा सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।

नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर रेलको स्वागतमा पुगेका उनीहरूले रेलमा सवार तीर्थयात्रीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

प्रधानमन्त्री बालेन शाहको राजकीय भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीबाट प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा झन्डा देखाएर रेललाई अयोध्याका लागि बिदाइ गरेका थिए ।

नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाम र अयोध्याका धार्मिक स्थललाई रेलमार्गबाट जोडिएको हो ।