काठमाडौं - ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा महसुस गरिएको थियो। बिहानै भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका थिए।
भूकम्पबाट भएको सम्भावित क्षति तथा प्रभावित क्षेत्रबारे भने विवरण प्राप्त भइसकेको छैन।

.gif)


