सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक
खबर एक्सप्रेस
२०७७-०५-१५ १२:२८ मा प्रकाशित
Total Shares: 458
काठमाडौं - सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १५ गतेदेखि लागु हुने गरी बचत तथा कर्जा तर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
जस अनुसार बैंकले बचत खातामा २ दशमलव ५० प्रतिशतदेखि ४ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।
त्यस्तै बैंकले मुद्दती खातामा ६ दशमलव ५० प्रतिशतदेखि ७ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले बेसरेटमा ५ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस