भैरहवा कारागारबाट रविको प्रतिक्रिया : 'न्यायलयको आदेशप्रति सम्मान छ'
भैरहवा - उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
उच्च अदालतको आदेशपछि काठमाडौंमा पक्राउ गरिएका लामिछानेलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रियापछि कारागारको थुनुवा कक्षतर्फ लैजादै गर्दा सञ्चारकर्मीको अदालतको आदेशप्रति भन्नु केही छ भन्ने प्रश्नमा उनले भने,‘केही छैन,सम्मान छ ।’
जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताए । ‘कारागारको चारवटा ब्लकमध्ये उनलाई चार नम्बर ब्लकमा राखेका छौं’,उनले भने, ‘अहिले उहाँ बसेको ब्लक सिंगल छ,पछि कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप्नुपर्ने हुनसक्छ । अहिले कैदीबन्दीको संख्या ५९४ छ ।’
फेसबुक पेज Like गर्नुहोस