लुम्बिनी प्रदेशको प्रदेश सभा बैठक आज
काठमाडौं, बुटबल - लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो । पहिलो दिन दलका नेताहरू धारणा राख्ने कार्यसूची रहेको छ ।
प्रदेश सभामा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । तर, प्रदेश प्रमुखले त्यसलाई अघि नबढाउन पत्राचार गरेका थिए। पोखरेललाई बहुमत प्राप्त दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त गरिएको थियो । तर, उनी अल्मतमा छन्। उनले संसद्मा विश्वासको मत लिनुपर्ने भए पनि वेवास्ता गरेका छन् ।
विपक्षी दलले पोखरेल कानूनविपरीत मुख्यमन्त्री नियुक्त भएको बताउँदै आएका छन् । उनीहरू अविश्वास प्रस्ताव अघि बढाउन सभामुखलाई आग्रह गरेका छन् । हाल प्रदेश सभामा ८३ सदस्य छन् । जेठ १७ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमालेका उम्मेदवारले ४० मत मात्रै पाएका थिए । विपक्षी गठबन्धनका उम्मेदवारले ४३ मत पाएका थिए ।re
फेसबुक पेज Like गर्नुहोस