बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
काठमाडौं,सर्लाही-बलात्कार आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार बम्जनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।
अदालतमा बम्जनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।
जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको थियो ।
आज अदालतमा बम्जनका तर्फबाट ५ जना र वादीको तर्फबाट २ जना सरकारी वकिलले बहस गरेका थियो ।
फेसबुक पेज Like गर्नुहोस